राैतहटमा किशाेरी मृत फेला आफन्तबाटै हत्याकाे आशंका

अमुल आचार्य

२२ आश्विन २०७७, बिहीबार
सांकेतिक तस्वीर

रौतहटकी १७ वर्षीया रोबिना मन्सुरी बुधबार मृत भेटिएकी छिन् । उनको मृत्यु हत्या हो वा आत्महत्या हो भन्ने यकिन भइसकेको छैन। पोष्टमार्टमको लागि रोबिनाको शव अहिले नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा राखिएको छ।

रोबिनाको शव बुधबार साँझ केही व्यक्तिहरूले बोकेर दुर्गाभगवती गाँउपालिका– ४ का स्थानीय जर्नेल कवारीको घरमा छाडेर गएको भन्ने सूचना प्रहरीले पायो। शव छाडेर जाने व्यक्तिहरू बाहिरका अरु कोही नभएर रोबिनाकै परिवारका सदस्यहरू रहेको प्रहरीले जनाएको छ।

शवलाई छाडेर जाने रोबिनाकी काका ३३ वर्षीय फुल महमद मन्सुरी, ४५ वर्षीय नसिरूद्दिन मन्सुरी, काकी ४० वर्षीया सहनाज खातुन र मामा ४० वर्षीय लाल महमद मन्सुरी थिए। उनीहरूमध्ये फुल महमद र सहनाज खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अरू भने फरार छन्।