Logo

संक्रमण तीव्र गतिमा बढेपछि धरान उपमहानगर एक हप्ताका लागि बन्द

Logo 2020-10-08 08-10    अभिमन्यु अभिजित

पछिल्लो समय नेपालभर बढेको कोरोना संक्रमण धरानमा पनि बढेपछि बिहीबारबाट असोज २८ गतेसम्म बन्द गरिने भएको छ।

बिहीबार बसेको सर्वदलीय बैठक अनुसार संक्रमण दर ह्वात्तै बढेको भन्दै कार्यालयीय अत्यावश्यक काम बाहेक सबै बन्द गर्ने निर्णय गरिएको हो ।

नगर प्रमुख तिलक राईका अनुसार लकडाउन नै गर्नुपर्ने कुला उठेपनि बजार पसल भने साँझमा मात्र खोल्ने व्यवस्था गर्न लागिएको बताए। लकडाउन नै समस्याको समाधान नभएको भन्दै राईले सबैलाई सजग रहन आग्रह गरिएको बताए।

अब धरानका सबै वडामा कैरोना बारे सुसूचित गरिने र चाडपर्व नजिकिएकाले जातीय तथा सामाजिक संघसंस्थाको रोहवरमा सचेतना मूलक कार्यक्रम बढाइने बताएका छन्। केही दिनदेखि धरानमा तीव्र गतिमा संक्रमण बढिरहेको छ भने मृतक पनि बढिरहेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?