Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

थप दुई कोरोना संक्रमितको बीपीमा मृत्यु

2020-10-09 11-10 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, शुक्रबार, २३ असोज ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीको धरास्थित कोभिड अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

ज्वरो–खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि इटहरीका संक्रमितलाई असोज २२ गते अस्पतालमा भर्ना गरिएको र सोज १२ गते भर्ना भएका दुहबीका संक्रमित पुरुष भने लामो समयदेखि मृगौला रोगले पीडित रहेको अस्पतालले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय