सहमतिमा शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालत मोरङले गर्यो धरौटीमा रिहा

२३ आश्विन २०७७, शुक्रबार
फाइल तस्वीर

सहमतिमा शारीरिक सम्बन्ध राखेको भन्दै मोरङ जिल्ला अदालतले एक जबर्जस्ती करणीका आरोपीलाई धरौटीमा रिहा गरेको छ। जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले आरोपित काजीमान श्रेष्ठलाई एकलाख रूपैयाँ धरौटीमा रिहा गरेको हो।

मुलुकी फौजदारी कार्यवीधि संहिता ऐन अनुसार तत्काल कसुरदार नदेखिएको दफा उद्धृत गर्दै सो आदेश दिएको हो। मोरङकी एक दलित युवती घर नजीकै घाँस काट्न गएका बेला अभियुक्त काजीमानले जबर्जस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका थिए।

प्रहरीले लिएको बयान र अदालती बयानमा समेत एक हजार दिने सहमतिमा सम्पर्क राखेको काजीमानको बयानलाई आधार मान्दै जबर्जस्ती करणीको कुनै आधार नदेखिएको अदालतले उल्लेख गरेको छ।

पीडीत भनिएकी युवतीले भने केही दिनदेखि आफूलाई पछ्याइरहेको र घर नजीकै घाँस काट्दै गरेको मौकामा बलात्कार गरेको आरोप लगाएकी थिइन्। अदालतका अनुसार उक्त घटनास्थलमा कुनै जबर्जस्तीको संकेत नदेखिएको बताएको छ।

डरधम्कीमा आफू बलात्कृत भएको युवतीको आरोपको खण्डन गर्दै अदालतले मञ्जुरीमै बलात्कार गरेको प्रमाणित गरी एक लाख धरौटीमा रिहा गरेको हो।

घटनाको मुचुल्का हेर्दा कुनै जबर्जस्तीको संकेत नदेखिएको अदालतको ठम्याइ छ भने आरोपी श्रेष्ठले पनि हजार रूपैयाँमा कुरा मिलेर भएको शारीरिक सम्बन्धलाई बलात्कारको मुद्दामा आफूलाई फसाइएको बताएका थिए।

यसबारे विस्तृत खबर कान्तिपुर दैनिककाे अनलाइन पाेर्टलमा प्रकाशित छ ।