राम्रो कामको प्रलोभन देखाई बलात्कार गर्ने अन्सारी आठ महिनापछि पक्राउ

२३ आश्विन २०७७, शुक्रबार
सांकेतिक तस्वीर

मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक महिलालाई बलात्कार गरी फरार आरोपी आठ महिनापछि पक्राउ परेका छन्। इटहरी १ का ३५ बर्षीय नीरज शर्मा भनिने नजाम अन्सारी पकाउ परेका हुन्।

राम्रो काम लगाइदिने भन्दै सुन्दरहरैंचाको एउटा होटलमा बोलाई जबर्जस्ती करणी गरी फरार रहेका अन्सारीलाई पक्राउ गरिएको बेलबारी प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार राम्रो काम लगाइदिने प्रलोभनमा अन्सारीले २६ बर्षकी युवतीलाई बलात्कार गरेका थिए।

प्रहरीमा उजुरी दिएको थाहा पाएपछि फरार अन्सारीलाई अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ।