काेभिड अस्पतालमा भर्ना हुन नपाउँदै कोरोना संक्रमित कैदीबन्दीको मृत्यु

२३ आश्विन २०७७, शुक्रबार
सांकेतिक तस्वीर

कोरोना संक्रमण भई कोशी अस्पताल विराटनगर भर्ना भएका एकजना कैदीको उपचार हुन नपाई मृत्यु भएको छ। मोरङको जिल्ला कारागारमा लागू औषध मुद्दामा कारागार भुक्तान गरिरहेका इटहरीका २० बर्षका युवाको मृत्यु भएको हो।

गत माघदेखि कारागारमा बन्दी रहेका युवा पुर्पक्षका लागि थुनामा थिए। मुद्दा फैसला हुन बाँकी रहेकै अवस्थामा कैद भुक्तान गरिरहेका युवामा स्वास्थ्य समस्या आएपछि असापताल भर्ना गरिएको थियो तर तत्काल मृत्यु भएको मोरङ कारागारका जेलर सुवास लामिछानेले बताए।

बिहीबार अस्पातल भर्ना भएका युवकको पिसीआर परीक्षणका लागि स्वाब दिइएकोमा हिजो साँझ मात्र कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि कोभिड अस्पताल लैजान खोज्दा खाली बेड नभएपछि त्यहीँ उपचार हुँदै थियो। अन्य अस्पाताल लैजान खोज्दै गर्दा उनको मृत्यु भएको हो।