बलात्कारीलाई गोली ठोक्ने कानून बनाउनुपर्छ- लालबाबु राउत

२३ आश्विन २०७७, शुक्रबार

देशैभर बलात्कारका घटना वृद्धि भइरहेका छन्। कतिपय कानूनका नजरमैमाएका छैनन् भने कतिले उन्मुक्ति पाइरहेकै छन्। तर पीडीतले न्याय पाएको बिरलै सुनिन्छ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले भने बलात्कारीलाई गोली ठोक्न पाउने कानून बनाउन माग गर्दै उक्त बहसमा आफू पनि सहभागी हुने मनसाय व्यक्त गरेका छन्। अनलाइनखबरसँग गरेकाे कुराकानीका अाधारमा राउतले साे कुरा बताएका हुन् ।

दिनानुदिन बलात्कारका घटना बढिरहेको परिप्रेक्ष्यमा संघीय सरकार भने निरास लाग्दो अवस्था नरहेको भन्दै बलात्कारीकै आत्मबल बढाउने पक्षमा जस्तो अभिव्यक्ति सार्वजनिक गर्छ।

मानिसमा बढ्दो पासविक प्रवृत्तिले आजीवन कारावास समेत ख्याल नगर्ने वृत्ति बढेको भन्दै मृत्युदण्डको कानून बनाउनु पर्ने राउतले राय व्यक्त गरेका छन्।

केही दिनदेखि सरोकारवालाहरूले मृत्युदण्डको कानून बनाउन दबाव दिन थालेका छन् भने महिल सांसदहरूले प्रस्ताव नै संसदमा पेश गर्ने खालको निर्णय गरेका छन्।

देश संघीयतामा गएपनि नीति निर्माणको अधिकार संघमै रहेकोले प्रदेशमा काम गर्न बाधा भएको राउतले बताएका छन्।

समाजका गन्य मान्यले नै बलात्कारलाई सामसुम पार्ने घटना दुःखद् पक्ष रहेको पनि राउतले बताए। प्रदेशमा सजाय दिन मिल्ने खालको कानून नै नभएकाले अपराधीहरू उम्किने गरेका छन्।

बलात्कार जस्तो पाशविक अपराध गर्नेलाई मृत्युदण्डको कानून निर्माणको चौतर्फी रूपमा उठिरहे पनि संघीय सरकारले यसबारे उति वास्ता नगरको पनि राउतको ठम्याइ छ।