दैनिक उपभोग्य वस्तुमा नयाँ मिति राखेर बेचेको आरोपमा दुई पक्राउ

२३ आश्विन २०७७, शुक्रबार

काठमाण्डौंमा मायाद गुज्रिएका खाद्यान्नमा नयाँ मिति राखेर बिक्री वितरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

कलङ्कीमा रहेको आयन डिस्ट्रिब्युटर्सबाट केही दिन अघि पक्राउ परेका अभियुक्तहरूको बयानकोमाधारमा पक्राउ गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

पक्राउ परेका बाफलस्थित अमेजन डिस्ट्रिब्युटर्सका हुन्। बजार अनुगमनको क्रममै रहेको र थप अनुसन्धान भइरहेको भन्दै विभागले सबै कुरा खोल्न नमिल्ने बताएको छ।

म्याद सकिएका सामाग्रीमा नयाँ लेबल लगाएर बिक्री गरेको सूचना पाएपछि विभागले बजार तथा उद्योग अनुगमनलाई तीव्रता दिएको छ। जंक फूड, खाद्यान्न तथा पेय पदार्थहरूमा नयाँ मिति हालेर बजारमा बिक्री गर्ने क्रम बढिरहेको छ।

अनुगमन भने राजधानी केन्द्रित मात्र हुने हुँदा अन्य क्षेत्रका उपभोक्ताले भने जस्तो पाइन्छ त्यही किनेर खानुपर्ने बाध्यता छ।