राति ८ बजेपछि सुनसरी बजार बन्द गर्ने निर्णय

२३ आश्विन २०७७, शुक्रबार

इटहरी ।

 

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार असोज २५ गतेदेखि साँझ ८ बजेपछि सम्पूर्ण बजार, पसल तथा व्यवसाय पूर्णरुपमा बन्द गरिने र खुला स्थानमा सञ्चालन हुने साप्ताहिक, दैनिक हाटबजार अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

  • लामो र छोटो दुरीका तथा स्थानीयस्तरमा सञ्चालन हुने यातायातका साधनले पनि अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने
  • निजी तथा संस्थागत विद्यालयहरुले कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई बढीमा १५ जनासम्मको समुह बनाएर सिफ्ट मिलाएर पढाउन सक्छन् ।

दशैं, तिहार, छठलगायत चाडपर्व नजिकिदै गरेकोले आ–आफ्नो घरभित्र परिवारसँग मात्र मनाउन आग्रह गरेको छ । मेला, जात्रा, भजन, किर्तन नगर्न तथा बिना काम घरबाट बाहिर ननिस्कन र समुहमा हिड्दा सामाजिक दुरी कायम गर्न पनि आग्रह गरेको छ ।यसैगरि, मन्दिर, मञ्जिद तथा गुम्बाहरुमा नित्य पुजाआजा भिडभाड नहुने गरि एक जनाले मात्र गर्ने पनि निर्णय गरेको छ।