ओखलढुंगाकाे सुनकोशी गाउँपालिकाले बढी राजश्व सङ्कलन गर्ने वडालाई पुरस्कृत गरेको छ । दश वटा वडा रहेको सुनकोशीले गत आर्थिक वर्षमा सबैभन्दा बढी राजश्व संकलन गर्ने वडा नम्बर ९ लाई प्रोत्साहनस्वरुप पुरस्कृत गरेको हो । बढी राजश्व उठाउने वडालाई वार्षिक रु पाँच लाख बराबरको थप योजना दिएर प्रोत्साहन गर्ने गाउँपालिकाको नीतिअनुसार यस वर्ष वडा नम्बर ९ लाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए ।
करदातालाई करको दायरामा ल्याएर स्थानीय सरकारको आयस्रोत बढाउने लक्ष्यअनुसार बढी राजश्व उठाउने वडालाई प्रोत्साहन गर्ने गरिएको अध्यक्ष अधिकारीको भनाइ छ । ‘करदातालाई नियमानुसार करको दायरामा ल्याउने, स्थानीय तहको आयस्रोत बढाउने र जम्मा भएको करबापतको रकम फेरि गाउँकै विकासमा खर्चिने हाम्रो नीति छ’, अधिकारीले भन्नुभयो, ‘आन्तरिक स्रोत जुटाउन निकै चुनौती छ ।
कम सम्भावना हुँदा पनि अधिकतम प्रयास गर्ने र अरुभन्दा बढी कर उठाउने वडामा रु पाँच लाख बराबरका योजना पठाउँछौं । त्यो रकम यस वर्ष ९ नम्बर वडाले पायो ।’ व्यवसाय प्रवद्र्धन गरेर आन्तरिक स्रोत वृद्धिमा गाउँपालिकाले नीतिगत पहल गरिरहेको उहाँको भनाइ छ । सुनकोशी –९ ले आफूले प्रोत्सानवापत पाएको रकम आन्तरिक स्रोतवृद्धि र व्यवसाय प्रवद्र्धनमा खर्चिने भएको छ । बढी राजश्व सङ्कलन गरेबापत प्रोत्साहन स्वरुप पाइएको रकम योजना स्थानीयवासीले महसुस गर्ने विकासमा खर्चिने वडाअध्यक्ष झनकुमार कार्कीले बताए ।
गत वर्ष वडा नम्बर १ ले बढी राजश्व सङ्कलन गरेर रु पाँच लाख बराबरका योजना थप लगेको थियो । सुनकोशी गाउँपालिकामा गत आर्थिक वर्षमा रु २० लाख २० हजार ८१९ राजश्व संकलन भएको थियो । त्यसमध्ये सबैभन्दा बढी वडा नम्बर ९ ले र एक लाख ६६ हजार ५५९, वडा नम्बर ३ ले एक लाख ६४ हजार ४१४ र ६ पैसा र वडा नम्बर ४ ले रु एक लाख १९ हजार ६५८ राजश्व संकलन गरेको गाउँपालिकाका लेखा अधिकृत रेश्मा राईले जानकारी दिए । सबै वडाले गत वर्ष सङ्कलन गरेको राजश्वको विवरण र आगामी वर्षको लक्ष्य पालिकामा पेश गरिसकेका छन् । रासस
विराटनगर, ७ माघ । विराटनगरका ब्यापारी रोहित पारख करोडौंको ठगि गरि फरार भएका छन । आफैंले अर्कालाई बहालमा दिएको गोदाममा राखिएकोे माल सामग्रीसमेत आफ्नो...
प्रहरीले ठूलो मात्रमा लागुऔषध खैरो हेरोइनसहित नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–४ का सन्दीप राई, सोही स्थानका ३२ वर्षीय...
विराटनगर, ७ माघ । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।
बिशेष...