
उर्लाबारी नगरपालिका– ७ मा रहेको पाथिभरा अस्मिता ज्वेलर्सबाट शुक्रबार दिउँसो सुन चोरी गर्न खोज्ने एक किशोर पम्राउ परेका छन् ।
स्थानीय दिनेश शाहीले सञ्चालन गरेकाे ज्वेलर्समा तिलहरी राखिएको स्वकेश फुटाएर चोरी गर्न लागिरहेकाे अवस्थामा पथरीशनिश्चरे नगरपालिकाका उमेर नखुलेका विशाल लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएकाे छ ।
किशाेरलाइ नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।