मोरङ बेलबारीमा जुवा खेल्ने ६ जना मानिसहरू नगद सहित पक्राउ

२४ आश्विन २०७७, शनिबार

२४ असोज बिराटनगर ,
मिति २०७७/०६/२३ गते अन्दाजी १८:३० बजे जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं. ४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटि प्रहरी टोलीले निम्नानुसारका कौडा, तास, नगद, सवारी साधन र ६ जना मानिसहरु सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा जिल्ला मोरङ बेलबारी न.पा. ३ मैनावारी टोल बस्ने बर्ष ४० को रित गुरुङ, ऐ.ऐ. ११ लक्ष्मीमार्ग बस्ने बर्ष ५६ को सुजय गौतम, ऐ.ऐ. लक्ष्मीमार्ग बस्ने बर्ष ५२ को चन्द्र लिम्बु, जिल्ला झापा दमक न.पा. ५ मन्टेश्वरी टोल बस्ने बर्ष ३२ को धमेन्द्र राई, जिल्ला सुनसरी ईटहरी उमनपा १ हलगडा बस्ने बर्ष ४७ को प्रदिप तामाङ, जिल्ला धनुषा चारनाथ गणेशमान न.पा. ८ पोर्ताहा बस्ने बर्ष ५० को पर्शुराम भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिए ।

पक्राउ पर्नेहरु बाट ,कौडा १ सेट, तास ३ बुङ , नगद रु २,५३,२३५-। (दुईलाख त्रिपन्न हजार दुईसय पैतिस) , को.२ च २८१९ न.को स्कापियो गाडि, ON TEST मो.सा. १ वटा , को.२३ प १३८७ न.को स्कुटि १ वटा सामानहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिए ।