राष्ट्रबैँकले अब डिजटल वालेटबाट भुक्तान गर्दा राजश्व तिर्नुपर्ने नियम बनायाे

२४ आश्विन २०७७, शनिबार

नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुलाई राजस्‍वमा सीमा तोक्ने जनाएकाे छ। केन्द्रीय बैंकले नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायक संस्थाहरूले सञ्‍चालन गरेको वालेटमार्फत राजस्व भुक्तानी गर्दा लाग्‍ने शुल्क तोकेको सार्वजनिक सूचना जारी गरेकाे छ ।

जसमा वालेटमार्फत एक हजारसम्मको कारोबार भने निःशुल्क भुक्तानी गर्न सकिनेछ । तर १ हजार भन्दा माथि देखि तीन हजारसम्म ५ रुपैयाँ, ३ हजार भन्दा माथि देखि १० हजारसम्मको भुक्तानीमा १० रुपैयाँ र सोभन्दा माथिको भुक्तानीमा ३० रुपैयाँ शुल्क लाग्नेछ ।

याे नियम पुष मसान्तसम्मका लागि भने कोभिडको कारण देखाउँदै वालेमार्फत हुने राजस्व भुक्तानी निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।