विराटनगरमा दुई जना बाइकमा आएर जब पैदल यात्रीकाे माेबाइल खाेसेर भागे!

२४ आश्विन २०७७, शनिबार
तस्वीर - जि. प्र.का. माेरङ

मोरङकाे विराटनगरमा ९ ट्राफिक चोकमा पैदल यात्रा गरिरहेका मनोज कुमार गुप्ताको माेबाइल चाेरेर फरार भएका दुई जना पक्राउ परेका छन् । गत  भदाै १८ गते राती माेटरसाइकलमा अाएका दुई जनाकाे समूहले OPPO कम्पनीकाे माेबाइल् चाेरेर फरार भएका थिए ।

पक्राउ पर्नेमा विराटनगर १४ भगवती चोक बस्ने बर्ष ३० का शतिस झा र बर्ष २६ का नौलखी भन्ने श्रीप्रसाद महतोले रहेका छन् ।

मोबाइल जबर्जस्ती खोसेर लगेपछि गुप्त्ाले प्रहरीमा उजुरी दिएका थिए । चाेरीमा सलग्न सतिस झालाई असाेज ११ गते विराटनगर महानगरपालिका वडा नं. ७ हस्पिटल चोकबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी चोरी अन्तर्गत म्याद थइ भई थप अनुसन्धान गरिरहेकाे थियाे । साेही चोरीमा संलग्न अर्का फरार प्रतिवादी श्रीप्रसाद महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत बिहीबार पक्राउ गरी पक्राउ गरेकाे छ।

घटना बारे थप अनुसन्धान भइरहेकाे माेरङ प्रहरीले जनाएकाे छ । अभियुक्तहरूबाट प्रहरीले एउटा माेटरसाइक्ल पनि बरामद गरेकाे छ ।