सरकारी टोली र केसी पक्ष बीच वार्ता भाँडिएपछि सडकमा प्रदर्शन

२४ आश्विन २०७७, शनिबार

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोली बीच भएको शनिबारको वाय्ता भाँडिएपछि केसीका समर्थकहरूले प्रदर्शन गरेका छन्।

बारम्बार अनशन बस्दै आएका केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको र मुटुले समेत काम गर्न छोड्न सक्ने चिकित्सकहरूले बताइरहेका छन्।

शनिबार सरकार पक्ष र केसी पक्षको वार्ता पनि विना निष्कर्ष टुङ्गिएपछि आक्रोशित बन्दै गोविन्द केसीको ज्यान जोखिममा रहेको, सरकारले राक्षसी व्यवहार गरेको, तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड गरेको जस्ता प्ले कार्ड बोकी प्रदर्शन भइरहेको छ।

सत्याग्रही केसीको माग पूरा गर! दूरदराजमा मेडिकल शिक्षा खै जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ।