
विराटनगर, २४ असोज ।
विराटनगरमा संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । न्यूरो अस्पताल र विराट मेडिकल कलेजमा दुईजना कोरोना संक्रमित महिलको मृत्यु भएको हो ।
संक्रमणका कारण मृत्यु हुने मा इटहरी उपमहानगरपालिका– ५ का क ६४ वर्षीय महिला हो जसको विराट मेडिकल कलेजकाे आइसाेलेसनमा मृत्यु भएको हो । शनिबार विहान १०:४० बजे मृत्यु भएको विराट मेडिकल कलेज आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए ।
पथरी शनिश्चरे नगरपालिका– ६ की ९२ वर्षीय वृद्धा महिलाको न्यूरो अस्पतालमा मृत्यु भएको छ ।असोज १८ मा कोरोना संक्रमण पुष्टि भएको न्यूरो अस्पताल विराटनगरका फोकल पर्सन अजित बस्नेतले जानकारी दिए ।