नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री याेगीकाे चेतावनी

२४ आश्विन २०७७, शनिबार

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुनै पनि बहानामा नेपाली नागरिकलाई दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्। भारत भ्रमणमा रहेको नेपाल फाउन्डेशनका संस्थापक विकास ठाकुर नेतृत्वको नेपाली पत्रकारको टोलीसंग मुख्यमन्त्री योगीले सुरक्षा अधिकारीहरुलाई नेपालीलाई सीमामा दुःख नदिन निर्देशन दिएको बताएका हुन् ।

याेगीले आफू पनि चाँडै  सीमा क्षेत्रको अनुगमनमा जाने र नेपालीलाई सहज रूपमा भारत आवागमनको वातावरण बनाउन तयार रहेको जनाएका थिए ।

याेगीले नेपाली र भारतीय नागरिक बीचको सम्बन्ध परापूर्वकालदेखि नै सुदृढ रहेको उल्लेख बताउँदै  नेपालीरू स्वाभिमानी र सज्जन रहेको  बताएका हुन् ।

दुवै देश र जनताबीच विगतदेखि नै विश्वासको सम्बन्ध रहेकाले त्यसमा दरार आउन नदिनतर्फ सजग रहनुपर्ने  याेगीले बताए।

भारतका संभावित प्रधानमन्त्रीका रूपमा हेरिने याेगी नेपालका हित चिन्तक रहेकाे भारतमा रहेका नेपालीहरूले बताउँदै अाएक्ा छन् । पटकपटक नेपाल भ्रमण गरिसकेका याेगीले नेपालसँग प्रगाढ सम्बन्धकाे स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइन्छ ।