ठूलाे परिमाणमा अतिसबाजी(पटका) सहित दुई जना पक्राउ

२४ आश्विन २०७७, शनिबार

सुनसरीकाे ईटहरी-५ स्थित राजमार्ग एरियाबाट दुई जना अतिसबाजी (पटका) सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन् ।

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो बिहान ९ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बरामद गरिएकाे पटका

राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिईएको थियो । नियन्त्रणसंगै बोरा तथा कार्टुन खोलेर हेर्दा SRIVIJAI-COBRA-६७ बण्डल पटका फेला पारी बरामद गरिएको हो ।

यसरी पटका सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।