५८ बण्डल पटकासहित अटो चालक पक्राउ

२४ आश्विन २०७७, शनिबार

झापाको भद्रपुर -३ पैतीस लाइन एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर-४ का-४२ बर्षीय ढाक्रे राजबवंशी रहेकाे प्रहरीले जनाएकाे छ।

 

बरामद गरिएकाे पटका

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले हिजो साँझ ७ बजेतिर मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिएको थियो । अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटोभित्र लोड गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हाे ।

बरामद गरिएको पटका र अटो सहित चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।