Logo

स्वास्थ्य क्षेत्रमा निकै अप्ठ्यारो परिस्थिति आएको छ : स्वास्थ्य मन्त्रालय

Logo 2020-10-10 05-10    अभिमन्यु अभिजित

बढ्दो कोरोना संक्रमणबाट देश गुज्रिरहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अप्ठ्यारो परिस्थितिमा देश पुगेको जनाएको छ। शनिबार भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताएका हुन्।

देशभरका अस्पतालहरू कोरोना संक्रमितले भरिएको तथा देशबाट लकडाउन हटिसकेको र जताततै भीडभाड बढेको भन्दै मन्त्रालयले अप्ठ्यारो परिस्थिति आएको बताएको हो।

नजिकिँदो चाडपर्वले झनै मानिसको एकापसमा भेटघाट र बजार तथा पसलमा हुने घुइँचोलाई औंल्याउँदै मन्त्रालयले चिन्ता व्यक्त गरेको हो।


लोकप्रिय छुटाउनुभयो कि ?