चिकित्सक संघबाट आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने निर्णय

२४ आश्विन २०७७, शनिबार

काठमाडौं । २४ असोज

नेपाल चिकित्सक संघले भोलिदेखि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ ।

२७ दिनदेखि आमरण अनसनरत डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सिमित गराएको भन्दै संघले भाेलिदेखि साे निर्णय गरेको हो

२५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघले चेतावनी दिएकाे छ । केसीले ६ बुँदे माग राखी २९ भदौदेखि अनसन सुरु गरेका थिए ।

पटक-पटक वार्ता बसे पनि सरकार  र केसी पक्षबीच कुनै सहमति हुन सकेकाे छैन । चिकित्सक संघका पदाधिकारीकाे समेत साे वार्ता टाेलीमा सहभागिता रहेकाे छ ।