विराटनगरमा १४५ जनामा कोरोना संक्रमण

२४ आश्विन २०७७, शनिबार

विराटनगर ।

पछिल्लो २४ घण्टामा विराटनगरमा १४५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै महानगरपालिकामा कोरोना संक्रमितको संख्या ३ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मोरङको पालिकाहरूमा-

  • बुढीगंगामा १३ जना
  • सुन्दरहैचामा १४ जना
  • कटहरी ३ जना
  • धनपालथान ३ जना
  • उर्लाबारीमा ३ जना
  • रंगेलीमा २ जना
  • पथरीशनिश्चरेमा २,
  • ग्रामथानमा २ जना
  • केराबारीमा १ जना र स्थानीय तह नखुलेका ३ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।