युनाइटेड स्पोर्ट्स क्लब विराटनगरले गर्यो विविध कार्यक्रम

२४ आश्विन २०७७, शनिबार

युनाइटेड स्पोर्ट्स क्लब विराटनगरद्वारा सभापति सचिन घिमिरे को अध्यक्षतामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक सचिव फुलकुमार लालवानी थिए।

लालवानीद्वारा क्लबलाइ ८०० थान मास्क एवं १०० थान सेनिटाइजर हस्तान्तरण गरियो। त्यस्तै क्लब द्वारा उक्त मास्क एवं सेनिटाइजर स्थानिय समुदायमा वितरण गरिएकाे थियाे ।

डा.गोविन्द केसीको समर्थनमा क्लबले पम्पलेटमा विभिन्न स्लोगनमार्फत खबरदारी गरी सरकार संग डा. के.सीको माग सम्बोधन गर्न जोडदार अपिल पनि गरेको छ।

सोही कार्यक्रममा क्लबका पुर्व अध्यक्ष भरत आचार्य, बाबुराजा ओझा ,दिपक श्रेष्ठ , प्रमोद बस्नेत लगायतको उपस्तिथि रहेको थियो।

त्यस्तै नेपाल विधार्थी संघका पुर्व सहमहामन्त्री कृष्ण कार्की, नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपाने , नेपाल तरुण दल विराटनगरका सभापति सन्तोष न्यौपाने , नेपाल फुटबल संघका जिल्ला सदस्य नरेश दुवेदी, सम्राट स्पोर्टिङ क्लबका अध्यक्ष किरण गिरी समेतको उपस्तिथि रहेको थियो।