थाइल्यान्डमा बस र रेल  ठोक्किँदा कम्तिमा १७ जनाको मृत्यु

२५ आश्विन २०७७, आईतवार

एजेन्सी । थाइल्यान्डमा बस र रेल  ठोक्किएपछि १७ जनाको मृत्यु भएको छ।

आज बिहान चाचोइङ्गसाओ प्रान्तको एक मन्दिर जाँदै गरेको बस बिहान आठ बजेतिर रेलसँग ठोक्किएको थियाे ।  हङकङकाे राजधानी बैंककबाट पूर्वतिर रहेको  उक्त मन्दिर पुग्न बसलाई दुई घन्टा लाग्ने बताइएकाे छ ।

‘मृत्यु हुनेको संख्या १७ पुगेको छ,’ जिल्ला प्रहरी प्रमुखलाई उद्धृत गर्दै समाचार संस्थाहरूले लेखेका छन् । साे प्रान्तका गभर्नर माइट्री ट्रिटिलानोन्दले पत्रकारहरूलाई २९ जना घाइते भएको र मृत्यु हुनेको तथा घाइतेको संख्या बढ्न सक्ने अनुमान गरेका छन् ।