सडकमा रहेका गाईलाई जाेगाउने हुँदा भारतमा तीन जनाले ज्यान गुमाए

२५ आश्विन २०७७, आईतवार

सडकमा छाडा छाडिएको गाईलाई बचाउन खोज्दा भारतमा ३ जना महिलाले ज्यान गुमाएका छन्। घटनामा एक महिला घाइते भएकी छन्।

दुर्घटना शनिबार मध्यप्रदेश राज्यको राजधानी भोपालबाट २ सय १४ किलोमिटर परको गुना जिल्लामा भएको प्रहरीले जनाएको छ। मृतकहरू तीनै जना राजधानी दिल्लीका बासिन्दा रहेका छन् ।

ओमकारेश्वर मन्दिरको दर्शन गरेर दिल्ली फर्किएका उनीहरू चारै जना साथीहरू रहेकाे प्रहरीले जनाएकाे छ ।

 

घटनामा बाँच्न सफल बिन्दु शर्माले प्रहरीलाई बाटोमा गाई देखेपछि ब्रेक हान्दा गाडी अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएर सडकमा पल्टिएको बयान दिएकी छन्।