कुकुर भुक्दा समेत स्मार्टफोनले दिन्छ नोटिफिकेसन

२५ आश्विन २०७७, आईतवार

एन्ड्रोइड फोनले अबदेखि सुस्त श्रवण भएका र कान नसुन्नेहरूका लागि निश्चित नोटिफिकेशन दिने भएको छ।

साउन्ड नोटिफिकेशन नामक फिचर अन गरेपछि पुश नोटिफिकेशन, क्यामेरा तथा भाइव्रेसन मार्फत सूचना दिनेछ।

वेयर ओएस लगायत साउन्ड नोटिफिकेशनलाई सपोर्ट गर्ने खालको डिभाइसले पनि भाइव्रेसन वाला टेक्स्ट नोटिफिकेशन दिने भएको छ।

कुनै पनि आवाज सुनेर सुनेर अलार्म, आगलागी, धुवाँ, कुकुर भुकेको, होहल्ला वा बच्चा रोएको सूचना दिने गरी व्यवस्था मिलाइएको छ। फिक्सेल लगायतका अन्य एन्ड्रोइड फोनमा यो खालको साउन्ड नोटिफिकेशन इन्स्टल भएको छ भने यसलाई एक्सेसिबिलिटी मेनुबाट अन गर्नुपर्छ ।

यो फिचर गुगलको ट्रान्सकाइब एप डाउनलोड गरेर प्राप्त गरान सकिन्छ। गत अगस्टमा गुगलले साउन्ड नोटिफिकेशन जस्तो फिचर पिक्सेल वर्ड्समा थप गरेको छ।

पिक्सेल बडको अटेन्शन अलर्टले पनि बच्चा कराएको, कुकुर भुकेको र इमर्जेन्सी सवारीको आवाज पहिचान गरी स्वचालित भोल्यूम घटाइदिने गर्छ। यसबारे विस्तृत विवरण टेकपानामा प्रकाशित छ।