
नेपालमा याे बर्ष स्मार्ट टेलिकमले आकर्षक अफर सार्वजनिक गरेको छ ।
देशकै तेस्रो ठूलो मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले चाडबाडलाई लक्षित गर्दै ८ जीबी डेटा सहितको सिम निःशुल्क दिने घाेषणा गरेकाे छ ।
याे सुविधा स्मार्ट सेन्टरमा पुग्ने जोकोही ग्राहक तथा एसईई दिएका विद्यार्थीले विशेष प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले रिचार्ज कार्डमा पनि आकर्षक गिफ्ट ह्याम्पर समेत दिने बताएकाे छ । गिफ्ट ह्याम्पर भने दुई सय, पाँच सय र हजार रुपैयाँको रिचार्जमा मात्रै उपलब्ध रहेकाे छ ।
तीन महिनासम्म मान्य हुने यो अफरका लागि त्रिभुवन विमानस्थल, न्युरोड, पुतलीसडक, सूर्य विनायक, पोखरा र कुमारीपाटीका स्मार्ट सेन्टरमै पुग्नुपर्नेछ ।