सुनसरीकाे झुम्काका व्यवसायी झुण्डिएकाे अवस्थामा मृत फेला

२५ आश्विन २०७७, आईतवार
सांकेतिक तस्वीर

सुनसरीको रामधुनी ५ झुम्कामा एक व्यवसायीले झुण्डिएका आत्महत्या गरेका छन् ।

रामधुनी १ घर भइ रामधुनी ५ झुम्कामा लालिगुराँस इन्टरप्राइजेज सञ्चालन गरिरहेका ३३ वर्षीय मदन खड्का झुण्डिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान पसल खोलेको केही समयमै खड्का झुण्डिएको अवस्था फेला परेका थिए । पंखाको हुकमा पँहेलो डोरी लगाइ खड्का झुण्डिएको प्रहरी जनाएका छ

आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले बताएका छन् ।

Takuranews