शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई काेराेना संक्रमण

२५ आश्विन २०७७, आईतवार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलमा कोरोना संक्रमण भएकाे छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएकोमा पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिएका छन् ।

 

मन्त्री पोखरेलको अवस्था सामान्य रहेको र हाल पाटन अस्पतालमै उपचारमा रहेका छन् ।