प्रदेश १ मा संक्रमित दश हजार नाघे, विराटनगरमा एकैदिन १९७ जना थप

मृतककाे संख्या पनि १०२ जना

२५ आश्विन २०७७, आईतवार

विराटनगरमा १९७ सहित प्रदेश १ मा कोरोना ४०९ संक्रमित थप भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा अब संक्रमितकाे संख्या दश हजार नाघेसँगै दश हजार ३०० जना पुगेका छन् ।

गत २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या पनि १ सय २ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २८ महिला र ७४ पुरुषले ज्यान गमाएका छन् ।

मृतकमा प्रदेश १ का ८७ र अन्य प्रदेशका १५ जनाको प्रदेशमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ  । प्रदेश १ मा आइतबारसम्म १ लाख ३७ हजार ५१७ जनाको कोरोना परीक्षण गरिएको छ ।

मोरंगमा २३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २–२, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज थपिएकामा ७५ महिला र १२२ पुरुष छन् ।

त्यस्तै सुन्दरहरैचामा १२, बुढीगंगामा ७, बेलबारीमा ५, उर्लाबारीमा ३, रंगेली, पथरीशनिश्चरे र धनपालथानमा २–२, कटहरी र सुनबर्षीमा १–१, लेटाङ, ग्रामथान, जहदा र मिक्लाजुङका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ४८, दुहवीमा १२, इनरुवामा ७, धरान, बराहक्षेत्र र रामधुनीमा ६, बर्जुमा ५, हरिनगरमा ३, गढीमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १७, दमकमा १२, मेचीनगर र भद्रपुरमा ३–३, कमलगाउँपालिकामा २, गौरादह, बाह्रदशीमा र झापा गाउँपालिकामा १–१ जना छन् ।

उदयपुरको त्रियुगामा ८, इलामको देउमाई र सुर्योदयमा १–१, पाँचथरको फिदिममा २, सोलुखुम्वुको थुलुङ दुधकोशी र स्थानीय तह नखुलेका १–१, धनकुटाको महालक्ष्मीमा १, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका २० जना रहेका छन् ।