संक्रमणकै बीच रङ्गिँदै विराटनगर (फाेटाे फिचर)

२५ आश्विन २०७७, आईतवार

विश्व भर फैलिसकेको कोभिड-१९ को त्रास त सबै तिर छँदैछ। नेपालमा पनि यसको प्रभाव देखिइरहेको छ। हालसम्म नेपालमा एकलाख बढी संक्रमित र छ सय बढी मृतक पुगिसकेका छन्।

नेपालभर परेको कोरोनाको त्रासबाट विराटनगर पनि अछुत रहन सकेको छैन। प्रदेशको सबैभन्दा हटस्पट क्षेत्रको रूपमा विराटनगर बढिरहेको छ। तापनि विराटनगरमा सडक व्यवस्थापनको काम भने रोकिएको छैन।

गाउँदेखि शहरसम्म सडक बनाउने काम जारी नै छ। अहिलेसम्म विराटनगरमा ७५ प्रतिशत सडकको व्यवस्थापन सकिएको मोरङ सडक विभागले जनाएको छ।

[caption id="attachment_6356" align="alignnone" width="960"] तस्वीरहरू- अमूल अाचार्य[/caption]

अहिल्ले बनिसकेको सडकको पेटी मा रङ्ग लगाउने तथा कतै जेब्रा क्रसिङ बनाउने काम भइरहेको सडक विभागका कर्मचारीहरू बताउँछन् ।

संक्रमण बढे पनि विराटनगरको सडक रङ्गिइरहेको छ। बाँकी र तिहारपछि सक्ने सडक विभागले जनाएको छ।

 

छ लेनको सडक पनि विस्तारको क्रममा लगभग सकिन लागेको छ। तर भित्री सडकहरू र विशेष अन्य गाउँपालिकासित जोडिएका सडकमा भने कालोपत्रे उक्किने, अव्यवस्थित ढल तथा वस्तीले गर्दा दुर्घटनाको जोखिम बढाइरहेको छ।

आगामी हिउँदमा सबैतिर कालोपत्रे गरिसक्ने विभागको तयारी रहेको छ।