Logo

जनता संवेदनशील नभए सरकार फेरि लकडाउन गर्न बाध्य हुन्छ: मन्त्री ज्ञवाली

Logo 2020-10-12 10-10    Hamro Biratnagar

असोज २६ , बिराटनगर

पुनः लकडाउन हुन सक्नेतर्फ सरकारले सबैलाई सचेत गराएको छ। नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो। सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको र बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए।

हाल लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको र नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए।

नागरिकले सरकारका कुराको कति पालना गरिरहेका छन भन्ने कुरामा लकडाउन गर्ने/नगर्ने भर पर्छ । यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकलाई सचेतना अपनाउन अपिल गरे। काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै उनले नागरिकलाई सचेतना अपनाउन अपिल गरे। मन्त्रिपरिषदका निर्णय


लोकप्रिय छुटाउनुभयो कि ?