जोगवनी किनमेलका लागि जाने ४४ जना पक्राउ

२६ आश्विन २०७७, सोमबार
तस्विर : उदघोष

विराटनगर : आइतबार प्रहरीले किनमेलका लागि भारतको जोगवनी जाने ४४ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका मध्ये २० पुरुष र २४ महिला आइतबार रातिसम्म जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा छन् ।

सीमावर्ति इस्लामपुर नाकाबाट सीमासिल भएको नाका पार गरेर भारतमा किनमेल गर्न जानेलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न प्रहरीले राखेको हो ।

शनिबार सोही नाकाबाट भारततर्फ किनमेलका लागि जाने ३० जनालाई नियन्त्रणमा लिएर मोरङ प्रहरीले छाडेको थियो ।दुई देशका सरकारको सहमतिमा गरिएको सीमा बन्दको अवज्ञा गर्नेलाई कारवाहीका दायरामा ल्याएर पेशेबर कारोबारीलाई निरुत्साहन गरिने प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।