सुनसरीका तीन संक्रमितको मृत्यु

२६ आश्विन २०७७, सोमबार
सांकेतिक तस्वीर

इटहरी, असोज २६ ।

सुनसरीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । कोरोना बाट मृत्यु हुनेमा धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुष हो ।

धरान–२ का वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आइतबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी गाराएको हो । धरान–१५ का ८९ वर्षीय पुरुषको होम आइसोलेसनमा बसेको अवस्थामा सोमबार बिहान मृत्यु भएको छ ।

वराहक्षेत्रका पुरुषको भने सोमबार बिहान ७ बजे विराटनगस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि बराहक्षेत्रका पुरुषलाई शनिबार बीपी प्रतिष्ठानको इमर्जेन्सी कक्षमा पुऱ्याइएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा कोरोना देखिएपछि भेन्टिलेटरसहितको आईसीयूमा राख्न कोभिड अस्पतालमा भर्ना गर्न खोजेपछि बेड अभावले तत्काल विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।