विराटनगरको जैन भवन खाली गर्न सञ्चालक समितिको सार्वजनिक सूचना

२६ आश्विन २०७७, सोमबार

विराटनगरमा रहेको जैन भवन खाली गर्न उक्त संस्थाले सार्वजनिक सूचना जारी गरेको छ।

गत असोज आठ गते सामाजिक विकास मन्त्रालयमा भएको बैठकमा उक्त भवन असोज मसान्तसम्ममा खाली गर्ने निर्णय भएको थियो।

विभिन्न क्षेत्र तथा काठमाडौंबाट आउने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्य मन्त्रालय र प्रदेशका प्रतिनिधिहरूले प्रयझग गर्दै आएको जैन भवन खाली गर्नलाई उक्त संस्थाले सार्वजनिक सूचना जारी गरेको हो।

विवाह पार्टी वा कुनै उत्सव र आन्तरिक तथा बाह्य पर्यटकका लागि आवासको रूपमा प्रयोग हुँदै आएको उक्त भवन चाडपर्व नजिकिएसँगै सर्वसाधारणका लागि खुलाउने तयारीमा खाली गर्न लागेको बताइएको छ।

जैन तेरापन्थी शभाको नाममा खुलेको उक्त भवनमा विवाह व्रतबन्धजस्ता कार्यक्रमहरू समेत हुँदै आएको छ।

बीच बजारमा काेराेनाका स्वाब संकलन हुँदा वरपरका स्थानीय तथा व्यापारीहरू त्रसित थिए भने जाेखिमपूर्ण अवस्था नै थियाे ।