गेस्ट हाउसमा बसेर मैदाबाट मह बनाएर बेच्ने गिरोह पक्राउ

२६ आश्विन २०७७, सोमबार
तस्वीर- अनलाइनखबर

हामी सबैले खाने मह प्राकृतिक अर्ग्यानिक र शुद्ध गुणस्तरको हुने गर्दछ। महलाई अमृतकै समान फाइदा दिने तत्वका रूपमा चिनिन्छ। मौरीले बनाएको मह अहिले उत्ति सजिलै पाउन गाह्रो छ तर बजारमा क्विन्टलै मगाए पनि ल्याइदिने जमात पाइन्छ ।

राजधानीको गोङ्गबु स्थित मित्रनगरमा रेड डाइमण्ड होटलमा नक्कली मह बनाउन चाहिने कच्चा पदार्थ ठूलो परिमाणमा भेटिएको छ।

मह बेच्न गएकाले संलग्नहरूलाई भने प्रहरीले भेटेको छैन। दुईजना व्यापारी भने संपर्कमा आएको प्रहरीले बताएको छ।

महोत्तरीतिर का व्यापारी पहिलेदेखि नै आउने जाने गरेका कारण कुनै अभिलेख नराखिएको होटलले जनाएको छ।

असोज २० गतेदेखि सोही व्यापार गर्नेहरू अहिले ६ जना होटलमा बस्दै आएको बताइएको छ।

उनीहरू बसेको कोठामा हेर्दा करीब दश किलो मैदा र १३ टीन माहुरीको चाका रहेको जनाइएको छ।

होटललाई निगरानीमा राखी चाका, मह र अन्य सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ यसबारे विस्तृत खबर अनलाइनखबरमा प्रकाशित छ।