जनरल इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचीकृत,ओपन रेट कति ?

२६ आश्विन २०७७, सोमबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  मा आज (सोमबार)  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीको १ करोड कित्ता साधारण शेयर(आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका जिआइसी  (GIC)  संकेत प्रदान गरिएको छ ।

Durbartimes