अपडेटः कोरोना भाइरस उच्च सङ्क्रमण रहेको दश देश

२६ आश्विन २०७७, सोमबार

२६ असोेज (रासस/एएफपी)

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ९१ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय सोमबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ८१ हजार ७०९ जना पुगेको छ । यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७७ लाख ७९ हजार पुगेको छ ।

कूल सङ्क्रमितमध्ये दुई करोड ८३ लाख ३६७ हजार भन्दा बढी हजार निको छन् भने करिब ८२ लाख ८२ हजार मानिस सक्रिय सङ्क्रमित छन् ।

विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।