Logo

माेरङ प्रहरीले ५१ थान हराएका तथा चाेरी भएका फाेन सम्बन्धितलाई बुझायाे

Logo 2020-10-12 03-10    अभिमन्यु अभिजित

तस्वीर- माेरङ प्रहरी

जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न ब्यक्तिहरूको विभिन्न समयमा हराएको तथा चोरी भएको मोवायल खोजतलासको क्रममा फेला पारी ५१ जना सम्बन्धित ब्यक्तिलाई बुझाएकाे छ।

जिल्ला प्रहरी कार्यालय मोरङकाे सभाहलमा विभिन्न ब्यक्तिहरूको विभिन्न समयमा हराएको तथा चोरी भएको मोवायल खोजतलासको क्रममा फेला पारी ५१ जना सम्बन्धित ब्यक्तिलाई बुझाएकाे हाे ।

 

अाफ्नाे फेसबुकमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङले यसभन्दा अघि जम्मा ८५ थान सम्बन्धित धनीलाई बुझाएको थियो ।

हालसम्म जम्मा १३६ थान मोवाईल सम्बन्धित धनीलाई बुझाईएको जनाएकाे छ ।


लोकप्रिय छुटाउनुभयो कि ?