माेरङ जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता डेस्क संचालन

२६ आश्विन २०७७, सोमबार

नजिकिँदै गरेको चाडबार्डलाई मध्यनजर गर्दै माेरङ जिल्लामा यात्रु सहायता कक्ष उद्धघाटन गरिएको छ ।

विभिन्न स्थानबाट आवत जावत गर्ने यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै माेरङका विभिन्न क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

साथै दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुहरूको सेवा र सुविधाको लागि निम्नानुसारको यात्रु सहायता डेस्क संचालन गरिएको छ । यात्रुहरूका लागि निम्न सहायता डेक्स, डेक्स रहेको स्थान तथा सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरिएकाे छ ।

तस्वीर- नेपाल प्रहरी माेरङ

१) जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बसपार्क सम्पर्क नं. ९८४२१०४९११
२) जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १० विराटचोक सम्पर्क नं. ९८४२०७७०९४
३) जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. १ पूर्व बस स्टेन सम्पर्क नं. ९८२४९५९०१४
४) जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं. ३ पूर्व बस स्टेन सम्पर्क नं. ९८४३६९६०५१

साथै क्षमता भन्दा बढी यात्रु राख्ने, द्रुत गतिमा सवारी साधन चलाउने, बढि भाडा लिने, चालक, सहचालक लगायत अन्य यात्रुहरूले मापसे गरेमा, कुनै पनि किसिमको दुर्ब्यवहार, हिंसा गरेमा, कोभिड-१९ को प्रोटोकल मापदण्ड भन्दा बढि यात्रु राखेको देखिएमा, वा थाहा पाइएमा माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुका साथै Nepal Police mobile Apps मा समेत सूचना दिन प्रहरीले अाग्रह गरेकाे छ ।