लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

२६ आश्विन २०७७, सोमबार

झापाको मेचीनगर नगरपालिकाबाट खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ७ बस्ने ३५ बर्षीय सुवाश दर्जी र मेचीनगर-८ का सन्दिप राजवंशी  छन् ।

हिजो दिउसो पौने ४ बजे दुवै जनालाई मेचीनगर-७ ईटाभट्टा एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद लागूअाैध । तस्वीर- नेपाल प्रहरी

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १५७ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनाउपर इलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडि बढाइएकाे छ । पछिल्लाे समय प्रदेशभर लागू अाैषधका घटानमा वृद्धि भइरहेका छन् ।