सोमबार देशभर चार हजार ४७ जना थपिए

२६ आश्विन २०७७, सोमबार

गत २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरबाट १४ हजार ५३० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् ।