विराटनगरमा १९० जनामा कोरोना संक्रमण

२६ आश्विन २०७७, सोमबार

विराटनगर, असोज २६  ।

पछिल्लो २४ घण्टामा विराटनगर महानगरपालिकामा थप १९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

८९ महिला र १०१ पुरुषमा कोरोना संक्रमण देखिएको प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले जानकारी दिएका हो ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३ हजार ६८४ पुगेको छ । हालसम्म  विराटनगरमा कोरोना संक्रमणबाट २४ जनाले ज्यान गुमाएका छन् ।

प्रदेशभर साेमबार जम्मा ४५२ जनामा संक्रमण भएकाे पनि मन्त्रालयले जनाएकाे हाे । प्रदेशभर अाज ४ जनाले ज्यान गुमाएका छन् ।