
-रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको संन्सारी माई मन्दिर अगाडि कालिका कन्ट्रक्सनले विद्युत पाेलबाट हुककाेे प्रयोग गरी खुलेआम विद्युत चाेरी गरिरहेकाे छ।
विद्युत चाेरी गरेर सडक खण्डकाे दायाँ बायाँ सडक भत्कन नदिनका लागि निर्माण गर्दे गरिरहेकाे कम्लम (रिटेनिङ्ग) वाल बनाउन का लागि भाईवेरट मेसिन प्रयोग गर्नका चाेरी गरेकाे खुलेकाे हाे ।
उक्त कन्ट्रक्सनले विद्युत सबैतिर प्रायः चाेरी गरेर काम गर्ने गरेको पाइएकाे छ । रङ्गेली नपाका विद्युत प्राधिकरणका प्रमुख अवधेश गुप्ताका अनुसार घर तथा माेटरमा हुकिङ गरेकाे पाईएमा २ हजार देखि ५ हजार रुपैयाँ सम्म जरिवाना हुने प्रावधान छ ।
https://youtu.be/qAZyzi38ul8
कुनै पनि कम्पनीले विद्युत चाेरे र प्रयोग गरेको पाइए ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना लाग्ने छ । तापनि साे सडक खण्डकाे ठेक्का कालिका–मैनाचुली–भेडेन्सी जेभि काठमाण्डाैँले पाएका थियाे ।
कम्पनीले अहिले साे क्षेत्रमा द्रुतगतिमा निर्माण सुरु गरेता पनि विद्युत भने चाेरी गरेर काम गरिरहेकाे भेटिएको हाे। कालिकाले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ ।
साे सडक ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने भनेकाे छ ।
मानव वस्तीतिर वितरण लाइन रहेकाे उक्त प्रसारण लाइनमा जनताले भने लाेडसेडिङ खेप्दै अाएका छन् । लाेड धान्न नसकेर प्रायः विद्युत् अवरुद्ध भइरहने उक्त क्षेत्रमा यस्ता चाेरीका काम खुला रूपमा भएपनि सम्बन्धित निकाय भने माैन छ ।