
बिराटनगर असोज २६ ।
गत असोज १२ गते चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको खबर पाएपछि पनि विराटनगरको सिद्धार्थ बैंकले खासै ध्यान दिएको थिएन। सञ्चालन भइरहेको बैंकमा सोमबार पुनः छ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको पाइएको छ।
संक्रमितहरू हाल होम आइसोलेसनमा बसिरहेका छन् भने अरु बाँकी थप कर्मचारीहरूको पि.सि.आर टेस्ट को लागी स्वाब संकलन गरिएको छ ।
नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार चार जनामा कोरोना देखिएपछि बैंक बन्द वा केही कम मात्रामा सेवा प्रवाह गर्नुपर्थ्यो।
तर बैंकले सो कुरामा ध्यान नदिँदा अन्य छ जना संक्रमित थपिएका छन र कोरोना माहामारी को बेला मा बैंक ले एस्तो लापारवाही गर्दा बैंक का कर्मचारीको साथ साथ आम जनता को स्वास्थ्य मा पनि सकस पर्न जान सक्ने देखिन्छ ।
कोरोना संक्रमणको हटस्पट बन्दै गइरहेको विराटनगरमा कतिपय कार्यालय तथा बैंकहरूले सेवा प्रवाहमा ध्यान नदिँदा झन् संक्रमणलाई मलजल गरिरहेको जस्तो बन्दै गएको छ।