उर्लाबारीका नगर प्रमुखलाई कोरोना संक्रमणपछि नगरपालिकाको सबै सेवा बन्द

२७ आश्विन २०७७, मंगलवार

मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई संक्रमण पुष्टि भएपछि मङ्गलबारदेखि नगरपालिकाका सबै सेवा बन्द भएका छन्।

 

नगर प्रमुख फागो लगायत अन्य कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका र वडा कार्यालय सबै बनद गरिएको नगरपालिकाले जनाएको छ।

 

प्रमुख फागोले आफ्ना संपर्कमा रहेका सबैलाई सजग रहन अनुरोध गर्दै तीन दिन सेवा बन्द रहन सक्ने बताएका छन्। उनको स्वास्थ्य सामान्य रहेको छ।