काेराेना परीक्षण शुल्क फेरि घट्याे- अब प्रतिव्यक्ति एक हजार

२७ आश्विन २०७७, मंगलवार

नेपाल सरकारले कोरोना भाइरसको परीक्षण शुल्क पुनः घटाएको छ । परीक्षण शुल्क साविक दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छ्न् ।

नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने बताएका छन् ।

 

याे समेत गरी सरकारले कोरोना परीक्षणको रकम चौथो पटक घटाएको हो । पहिले पाँच हजार पाँच सय रुपैयाँमा हुने गरेको परीक्षण चार हजार चार सय रुपैयाँमा झारिएको थियो ।

फेरि त्यसलाई पनि घटाएर दुई हजार कायम गरिएकाे थियाे । तापनि अस्पतालहरूले भने मनपरी रूपमा ताेकिएभन्दा धेरै शुल्क लिइरहेकाे गुनासा बढिरहेका छन् ।