विराटनगरमा ३१ सहित प्रदेशभर ४१९ जना संक्रमित, सबैभन्दा धेरै २११ धरानमा

२७ आश्विन २०७७, मंगलवार

मोरङको विराटनगरमा गत २४ घण्टामा १४ महिला र १७ पुरुष सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालबाट रिपोर्ट आइनपुगेकाले सो संख्यामा संक्रमण देखिएको हो।

त्यस्तै सुन्दरहरैंचा, लेटाङ, मिक्लाजुङ र धनपालथानका एक एक पुरुष छन् भने कटहरीका २ पुरुष, बूढीगंगाका १ पुरुष ६ महिला तथा रतुवामाईका २ महिला १० पुरुष छन्।

उता सुनसरीको धरानमा सबैभन्दा धेरै ८१ महिला तथा १३० पुरुष रलेका छन्। इटहरीमा ४६ महिला ७३ पुरुष एवं इनरुवाका ३ महिला ११ पुरुष छन्।

झापाको दमकका २ महिला ३ पुरुष, विर्तामोड र गौरादहका १/१ पुरुष थप भएका छन्।

उदयपुरको रौतामाईका १/१ महिला पुरुष, बेलकाका २ महिला १ पुरुष र नखुलेको १ पुरुष छन्।

पाँचथरको कुम्बायकका १ पुरुष र भोजपुरको षडानन्दकी १ महिला तथा प्रदेश बाहिरकी १ महिला छिन्।

मंगलबार प्रदेशभर गरिएको १२३६ पिसीआर परीक्षण भएको थियो भने कूल परीक्षण एक लाख ३९ हजार ९२८ जनाको भएको छ।

मन्त्रालयका अनुसार मोरङ र सुनसरीका १/१ जनाको निधन भएको जानकारी प्राप्त भएको छ भने प्रदेशभरबाट १९ जना निको भएर फर्किएका छन्।

कूल संक्रमितको संख्या ११ हजार १७९ छ भने सक्रिय संक्रमित ६ हजार १८८ जना रहेका छन्। हालसम्म १०९ जनाले ज्यान गुमाइसकेको मन्त्रालयले सार्वजनिक गरेको छ।