Logo

विवाहमा कुरा नमिल्दा महिलाको विभत्स हत्या, ३० बर्षे प्रेमी पक्राउ

Logo 2020-10-13 06-10    अभिमन्यु अभिजित

सांकेतिक तस्वीर

पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा विभत्स हत्या गरी खोलामा फालिएको अवस्थामा शव पाइएपछि अनुसन्धान गर्दा प्रहरीले एक भारतीय महिला रहेको खुलेको छ।

भारतको उत्तर प्रदेशमकी ती महिलाको हेटौंडाका ३० बर्षीय शैफुल खानसित सम्बन्ध रहेको थियो। डिभोर्स गरेर बसेकी ती महिलाले खानलाई विवाहको दवाब दिएपछि हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ।

गत असोज २१ गते शव भेटिएपनि सनाखत भएको थिएन। मृतककी १८ बर्षीया छोरीले शव आमाको शव भएको सनाखत गरेपछि प्रहरीले अनुसन्धानको क्रममा भारततिर भाग्नै लाग्दा पक्राउ गरेको थियो।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खानलाई कर्तव्य ज्यान मुद्दा अगाडि बढाइएको पनि प्रहरीले बताएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?