
कोरोना कहर झेलिरहेको इटहरी उपमहानगरमा अनिश्चित कालका लागि स्वाब संकलन बन्द गरिएको छ।
नियमित रूपमा सयौं संक्रमण देखिँदै आएको उपमहानगरमा विपी क्याम्प धरान र कोशी अस्पताल विराटनगरका प्रयोगशालामा रिएजेन्टको अभाव भएको भन्दै सूचना जारी गर्दै स्वाब संकलन बन्द गरिएको जनाएको छ ।
जनस्वास्थ्य अधिकृत राम चरण चौधरीद्वारा हस्ताक्षरित सूचनामा उपमहानगरले व्यवस्थापकीय भूमिका निभाइरहेको भए पनि स्वाब परीक्षणका लागि आवश्यक रिएजेन्ट अभाव भएपछि स्वाब संकलन बन्द गरेको जनाएको हो।
उता कोशी अस्पतालबाट पूरा रिपोर्ट आई नपुगेको भन्दै सामाजिक विकास मन्त्रालयले मंगलबार सबै रिपोर्ट सार्वजनिक गरेको छैन। मन्त्रालयकी जनस्वास्थ्य अधिकृत रन्जु रेग्मीका अनुसार कोशी अस्पतालबाट सबै रिपोर्ट आइसकेको छैन।
